ट्याक्टरको उद्धारमा गएको डोजर नै फस्यो नदीमा

सुर्खेत – जाजरकोट बारेकोट गाउँपालिका वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ।

सो ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएको छ। नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हो। तर, पानीको सतह बढेका कारण अहिले समस्या भएको हो।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्