विदेह नगरपालिकामा करार र ज्यालादारीमा कार्यरत्त कर्मचारी पदमुक्त

जनकपुरधाम – धनुषाको विदेह नगरपालिकाले नगरपालिका भित्र कार्यरत्त रहेको कर्मचारीहरुलाई पदमुक्त गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत्त रहेका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नहुनका लािग भनेको छ ।

आइतवार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले नगरपालिका अन्तर्गत सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा कार्यरत्त रहेका दैनिक ज्यालादारी र करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नगराउने जनाएका छन् ।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्