आर्सनलमा अनुबन्ध भए गाब्रियल जिसस

एजेन्सी- इंग्लिस क्लब आर्सनलले गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।

आर्सनलले सोमबार २५ वर्षीय ब्राजिलियन स्ट्राइकर जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेकाे हाे।

९ नम्बर जर्सीमा देखिने जिससले सन् २०२७ सम्म आर्सनलमा रहने छन्।

जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटीमा अनुबन्ध भएका थिए। सिटीका लागि उनले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन्।

सिटीमा रहँदा जिससले प्रिमियर लिग, एफए कप, इएफएल कप र कम्युनिटी सिल्ड जितेका छन्।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्