शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ जना घाइते

अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु भएकाे छ भने कम्तीमा कम्तीमा २४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बालबालिका पनि रहेका छन्।

एक बन्दुकधारीले जुलाई ४ काे उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट गोली चलाएका थिए।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेकाे छ। २२ वर्षीय राेबर्ट क्रिमाेलाई कस्टडीमा लिई आवश्यक अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

बन्दुक हिंसा अभिलेख वेबसाइटको अनुसार अमेरिकामा बर्सेनि गाेलीबारीका कारण करिब ४० हजारकाे मृत्यु हुन्छ।

राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै देशकाे व्यापक ‘बन्दुक हिंसाको महामारी’ विरुद्ध लड्ने वाचा गरेका छन्।

‘म हार मान्ने छैन’, उनले भने।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्