एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडाैँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिएलगत्तै एकीकृत समाजवादीले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्