मित्रबन्धु पौडेलका दश हाइकु

तेह्रदिनमा

सिसिटिभीको- जुठो

उम्कियो गुरु?

 

आफ्नै ऐनामा

सिएसाप् देखिए कि

स्यानिटरी प्याड?

 

महङ्गो पर्छ

जनता-जनार्दन

बेलामै उठ!

 

अँगेनोबीच

बजेट पाक्दापाक्दै

डढेको गन्ध!

 

बजेट-हस्को

पर्फ्युम छर्के पनि

किन जान्थ्यो र !

 

फाष्ट ट्रयाकमा

संघीयता ट्राभल

हुइकिँदैछ।

 

ब्रेक फेल हुँदै

राजापाक्षे पथमा

अगाडि पैह्रो !

 

सिनो फ्याँकेर

‘प्रभु’हरू हेर्दैछन्

हुँडार झुण्ड!

 

झुण्डझुण्डमा

मिल्दै दाह्रा निकाल्दै

मुसार्दै निल्दै।

 

राजनीतिका

पाटे-थोप्ले हुँडार

लोप भएपो !

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्