‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने

काठमाडाैँ- चर्चित नेपाली कथानक चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ।

सो चलचित्रमा अभिनय गरेका पूरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन्।

निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए।

माओवादी सशष्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरूले निकै रुचाएका थिए।

‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन्।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्