विम्बल्डनकाे क्वार्टरफाइनल पुगे नाडाल

एजेन्सी- बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन्।

दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५० औँ जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निकाले।

फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए। फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए।

नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन्। उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन्।

ग्रान्ड स्लाममा पुरुष एकलमा सबैभन्दा धेरै जित फेडेररको नाममा छ। उनले चार सय २९ खेल जितेका छन्। त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन्।

नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्