रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाइते भएका छन्।

हिलेदेबीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापति गाउँपालिका-५ स्थित लुभुघाटमा बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए।

बसको चालक नभेटिएकोले कति सवार भएका थिए भन्ने यकिन जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारको लागि धुलिखेल, काठमाडौँ र त्यहाँका स्थानीय अस्पतालहरूमा पठाइएको छ।

यतिबेला घटनास्थलमा डिएसपी थिङसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्