प्रदेश सभा सदस्य हिमा बस्नेतले लिइन् सपथ

विराटनगर – नेकपा एमालेकी प्रदेश १ प्रदेश सभासदस्यमा धनकुटाकी हिमा बस्नेतले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।

मंगलबार विराटनगरस्थित प्रदेश सभामा सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई सपथ ग्रहण गराएका हुन्।

सरकारी छापको किर्ते गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि पदबाट राजीनामा दिएकी एमाले प्रदेश सभासदस्य गुलेफुन खातुनको स्थानमा एमालेले बस्नेतको मनोनयन गरेको थियो।

प्रदेश सभा सदस्य भट्टराई पेशाले अधिवक्ता हुन्। खातुनको राजीनामासँगै अल्पसंख्यकबाट बन्दसूचीमा अरू महिला नभएको अवस्थामा बस्नेत खस आर्यतर्फबाट प्रदेश सांसद बनेकी हुन्।

खातुन मोरङबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन्।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्