तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

सांकेतिक तस्बिर।

काठमाडौँ – साताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो।

यता, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।

 

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्