बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु

सांकेतिक तस्विर

काठमाडाैँ- काठमाडौँकाे बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौँ लोलाङ बस्ने २२ वर्षीय सविन परियार रहेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान बागमती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किएको थियो।

दुर्घटनापश्चात् गम्भीर घाइते भएका उनकाे पिपुल्स अस्पताल, नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवारकाे सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्