सुकुटेमा युवतीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ – सिन्धुपाल्चोकमा एक युवती बलात्कृत भएकी छन्। सुकुटे घुम्न गएकी ती युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना युवा पक्राउ परेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका- ९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन्।

युवतीले दिएको जाहेरीको आधारमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।

बलात्कारकाे आरोपमा काठमाडौँ कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता कुमार बस्नेतले बताएका छन्।

उनका अनुसार सुकुटे विजमा घुम्न पुगेकी एक युवतीले आफुमाथि करणी भएको भन्दै जाहेरी दिएकी थिइन्। उनी भन्छन्, ‘उनीहरु घुम्नका लागि पुगेका दुई फरक टिमबाट रहेछन्। महिलाको जाहेरीको आधारमा रातको समयमा करणी भएको बुझिएको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्