
साङ्केतिक तस्बिर
काठमाडौँ – अश्लिल भिडियो सार्वजनिक गरेको आरोपमा एक युट्वर पक्राउ परेका छन्।
फोर रियल टिभी नामक युट्यूब च्यानलका सञ्चालक प्रवेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले काठमाडौँका सडकमा राति राति युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ बनाएका थिए।
लामालाई विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा मुद्दा चलाउन तयारी प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
सोमबार पक्राउ परेका लामामाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद पाएको छ।