पसलमा लुकाएको पेस्तोल र गोलीसहित हरिवनका एक पुरुष पक्राउ

सर्लाही – प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ।

मंगलबार बिहान पसलमा लुकाइराखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका–११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन्।

दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो। दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए। उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो।

पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्