प्रधानसेनापति शर्माले भेटे राष्ट्रपति भण्डारीलाई

फाइल तस्बिर

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

अमेरिका भ्रमणबाट फर्केपछि प्रधानसेनापति शर्माले आफ्नो भ्रमणबारे राष्ट्रपति भण्डारीसँग ब्रिफिङ गरेका हुन्।

राष्ट्रपति नेपाली सेनाकी परमाधिपति हुन्।

प्रधानसेनापति शर्माले अमेरिका भ्रमणसँगै नेपाली शान्ति सेना मिसन रहेका स्थानहरुको पनि भ्रमण गरेका थिए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्