गाल्टिएर पिएसजीको मुख्य प्रशिक्षक

एजेन्सी- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पिएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो।

यसअघि पोचेटिनोले क्लबमा १८ महिना बिताए।

नयाँ प्रशिक्षक गाल्टिएरको पार्क डेस प्रिन्सेसमा सन् २०२४ सम्मको कार्यकाल रहनेछ। ५५ वर्षीय फ्रान्सेली पूर्वडिफेन्डर गाल्टिएर फ्रेन्च क्लब निसका प्रशिक्षक थिए।

अब गाल्टिएरलाई फ्रेन्च च्याम्पियनसँग रहँदा यूइएफए च्याम्पियन्स लिग मुख्य लक्ष्य हुनेछ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्