फाइनलका लागि जोकोभिच र नोरी भिड्ने

काठमाडौँ – विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन्।

मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए।

जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औँ पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए। विम्बल्डनमा उनको यो लगातार २६औँ जित हो।

उनी २१औँ ग्रान्ड स्लामको खोजीमा छन्।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्