झापामा पुनः अर्को हात्ती मृत फेला, ‘फुड प्वाइजनिङ’ भएको अनुमान

फाइल तस्बिर।

झापा – झापामा पुनः दँतार हात्ती मृत अवस्थामा फेला परेकाे छ।

अर्जुनधारा नगरपालिका वार्ड नं ५ को दहीझोडा खोला किनारमा हात्ती मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।

गत असार १५ गते बुद्धशान्ति गाउँपालिका वार्ड नं ५ आयाबारीमा हात्ती मृत भेटिएको थियो।

बुधबार मृत भेटिएको हात्तीको पेट फुलेको र ‘फुड प्वाइजनिङ’ भएको हुनसक्ने अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय झापाका कर्मचारी तथा पशु चिकित्सक मृत हात्ती भेटिएको स्थानतर्फ गएका प्रहरी नायव उपरीक्षक कुँवरले बताए।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्