मायादेवी मन्दिरका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ।

दानपात्रको रकम गणना गर्ने क्रममा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। गणना कार्यका लागि सुरक्षाकर्मी र कर्मचारीहरु सहित दैनिक ३० जनाका दरले ३ दिनमा ९० जना जनशक्ति खटिएको कोषले जनाएको छ।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

अघिल्लो पटक गत चैत १८ गते दानपत्र खोलिएको थियो। भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्