सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका- ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिराहाबाट भैसी लोड गरि काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्