एकैदिन १६ सयले घट्यो सुनको भाउ

सांकेतिक तस्बिर।

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्