पूर्वअर्थमन्त्री लोहनीले अर्थमन्त्री शर्मालाई भने- क्रान्त्रिकारी अर्थमन्त्रीज्यू राजीनामा दिनुस्’

फाइल तस्बिर

काठमाडौँ–पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नैतिकताको नयाँ क्रान्ति सुरु गर्ने बेला आएकोले पदबाट राजीनामा दिन उनले सुझाएका हुन्।

पूर्वअर्थमन्त्री लाेहनीले हाम्राे संघर्ष अर्थमन्त्रीविरुद्ध नभई देश बचाउने अभियान रहेकाे समेत उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, माओवादीका वरिष्ठ नेता माननीय अर्थमन्त्री श्री शर्माजीले पदबाट राजीनामा गर्नुपर्छ, या टेप हेर्न जनताले पाउनुपर्छ। हाम्रो संघर्ष अर्थमन्त्रीविरुद्ध हैन, हाम्रो संघर्ष देश बचाउने अभियानको अंग हो।’

 

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्