बाढी पहिरोमा परेर पाकिस्तानमा २५ जनाको मृत्यु

फाइल तस्बिर

पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ। पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन्।

बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन्।

साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्‍याएको छ। बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ। रासस/सिन्ह्वा

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्