अर्थमन्त्री शर्माले दिए राजीनामा

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा। तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

उनीमाथि छानबिन गर्न आजै ११ सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरेको बताए।

छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्