२४ घण्टामा थपिए ११३ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

बुधबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४७१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ५४९ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्