वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने पक्राउ

वीरगञ्ज – प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाई ठगी गर्ने एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।

प्रहरीले ठगी गरेको आरोपमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई वीरगञ्ज–१६ स्थित डेरा गरी बस्ने नवलकिशोर साह कानु छन्।
पक्राउ परेका उनले सर्वसाधारणसँग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसामा पठाइदिन्छु भनी मेडिकल गर्ने बहानामा २५ हजारदेखि २ लाखसम्मको रकम ठगी गरेको प्रहरीले जनाएको छ।

सर्वसाधारणबाट ठगी गरेको रकम आईएमईबाट अरुको नागरिकता प्रयोग गरी झिकिरहेको अवस्थामा वीरगञ्ज–१६ बाट कानुलाई प्रहरीले ३ लाख नेपाली र एक लाख ४८ हजार भारुसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए।

पक्राउ परेका कानुलाई ठगीसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्