तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता

फाइल तस्बिर

दार्चुला – तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन्।

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्।

तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्