बुढीगंगा निर्वाचन अपडेटः ३ हजार ६ सय मत गन्दा एमालेको मत दुई हजार नाघ्यो

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि रहेका नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए।
जैशीका अनुसार मेयरमा एमालेका उम्मेदवार बानियाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ३ हजार ६४८ मत गणना सकिएको जैशीले जानकारी दिए।
त्यस्तै, उपप्रमुखमा एमालेकी मायाँकुमारी खड्का कुवँरले २ हजार १७२ मत ल्याउँदै अगाडि छिन्।
उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १ हजार २६२ मत प्राप्त गरेकी छिन्। अहिलेसम्म नगरपालिकाको वडा नम्बर १,९ र १० को मत गणना सम्पन्न भइसकेको छ। अहिले २ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ।
वडा नम्बर १,९ र १० को मतगणना सकिएको छ। तीन वटै वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
वडा नम्बर १ को अध्यक्षमा रणबहादुर थापा, वडा नम्बर ९ मा मीनबहादुर सिंह र वडा नं. १० मा दलबहादुर साउद विजयी भएका छन्।
नगरपालिकामा जम्मा ९ हजार १ सय २८ मत खसेको थियो।