बाजुरा बूढीगंगा निर्वाचन

एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले ३०१३ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १६७५ मत प्राप्त गरेकी छन्।

अहिलेसम्म ४ हजार ९ सय ६५ मत गणना भएको छ।  मत गणना सकिएका पाँच वटा वडामध्ये चार वडा एमालेले जितेको छ भने एक वडा कांग्रेसले जितेको छ। बूढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।

असार २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्