बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याइएको रकममा अंकुश

काठमाडौँ – सरकारले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर छुट्याएको रकममा सरकारले आँखा लगाएको छ।

सबै नाफामुलक संस्थाहरूले आफ्नो नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नका लागि छुट्याउनु पर्ने व्यवस्था छ।

बजेटमार्फत सरकारले बैंकहरुले आफ्नो नाफाबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गर्न विनियोजन गरेको रकमको पचास प्रतिशत आफूले गठन गरेको कोषमा पठाउनुपर्ने व्यवस्था गरेको हो।

बजेटमा सीमान्तकृत तथा दलित समुदायको वित्तीय पहुँच अभिवृद्धि गर्न सीमान्तकृत तथा दलित उत्थान कोष स्थापना गर्ने उल्लेख छ।

उक्त कोषमा बैंकहरुले सामाजिक उत्तरदायित्वका लागि छुट्याएको १ प्रतिशत रकमको आधा दिनुपर्ने व्यवस्था गरिएको हो।

बजेट भाषणको बुँद नम्बर ३१९ मा उल्लेख गरिएको छ, ‘बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्याएको रकमको न्यूनतम पचास प्रतिशत सो कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिनेछ। यस्तो कोषबाट परिचालन गरिने रकम उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्ने व्यवस्था मिलाएको छु।’

बैंकहरुले नाफाको १ प्रतिशत मात्रै छुट्याउँदा पनि करोडै रकम हुने गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०७८ जारी गरेर त्यो रकमलाई व्यवस्थित बनाउने कोसिस गरेको छ।

मार्गदर्शन अनुसार बैंक तथा वित्तिय संस्थाहरुले उक्त रकम शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वत्तीय साक्षरता, दिगो विकास लक्ष्य जस्ता क्षेत्रमा खर्च गर्नुपर्नेछ।

असार २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्