किसानलाई ३० हजार कागतीमा बिरूवा वितरण

फाइल तस्बिर।
बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।

यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक बर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरेकाे गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए ।

असार २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्