काठमाडौँ – साउन महिना नजिकिएसँगै चुरा–पोतेका पसलमा चहलपहल बढ्न थालेको छ।

विशेषगरी साउन महिनामा महिलाहरुले हरियो चुरा–पोते लगाउने गर्छन्। भोलि साउन १ गते। साउनका लागि चुरा–पोतेको व्यापार बढेसँगै व्यापारीसमेत उत्साहित बनेका छन्।

यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण भीडभाड कम थियो। यसपाली भने काठमाडौँको इन्द्रचोक क्षेत्रमा चुरा–पोते पसलमा भीड बढेको छ।

साउन सुरु हुनु अघिल्लो दिन आज इन्द्रचोकका चुरा–पोते पसलमा व्यवसायीलाई भ्याइनभ्याइ थियो। चुरा–पोते मात्रै नभइ सडकपेटीमा हातमा मेहन्दी लगाउनेको रौनक पनि उस्तै देखिन्थ्यो।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले इन्द्रचोकका चुरा–पोते पसलहरुमा देखिएको चहलपहल तस्बिरमा समेटेका छन्।