बालुवाटारमा गभर्नर अधिकारीविरुद्ध प्रदर्शन (तस्बिरसहित)

काठमाडाैँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बालुवाटारमा प्रदर्शन भएकाे छ।

आज आइतबार नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध बालुवाटारमा  विराेध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। सो प्रदर्शनकारी घाइते समेत भएका छन्।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो।

अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्।

साउन १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्