राष्ट्रपति भण्डारीले दिइन् नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

फाइल फोटो।

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएकी छन्।

मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति भण्डारीले समाजिक सञ्जालमार्फत बधाई दिएकी हुन्।

नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ।

राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु। यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु।’

 

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्