युक्रेनसँग १० अर्ब डलर बराबरको खाद्यान्न बिक्रीमा छ: जेलेन्स्की

एजेन्सी- युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अन्नको निर्यातमा ऐतिहासिक सम्झौता गरेकाे छ।

रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको हाे।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन्।

जारी रुस-युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियाे।

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ। उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन्।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन्। युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। यसको सट्टा दुबै देशले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन्।

 

साउन ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्