माइत हिँडेकी महिला र छोराको भीरबाट लडेर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिलाको बहिनीको छोरासहित मृत्यु भएको छ।

चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धितालले मेलम्ची ११ बस्ने बहिनीकी छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका हुन्।

उनीहरु इन्द्रावती गाउँपालिका कोइरालाटारको भीरबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ।

उनीहरुको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको छ। दुई जना भीरबाट खस्दा बालककी आमा पार्वती चालिसे पनि सँगै रहेको बताइएको छ।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्