चेक बाउन्स गरेकाे आराेपमा वडा अध्यक्ष पक्राउ

सांकेतिक तस्बिर।

धनगढी – चेक बाउन्स गरेकाे आराेपमा धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चेक बाउन्स गरेकाे मुद्दामा कैलाली जिल्ला अदालतले वडाअध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा छलफल भइरहेकाे पनि बताइएकाे छ। अध्यक्ष महरा गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनि वडाअध्यक्षमा निर्वाचित भएका हुन।

साउन ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्