शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयोः सञ्चारमन्त्री कार्की

फाइल तस्बिर।

बेथाञ्चोक (काभ्रे) – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन्।

मंगलबार पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको उनको भनाइ छ।

मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए। मुलुकमा दुई किसिमको युवा जनशक्ति रहेको चर्चा गर्दै उनले एउटा गाउँबाट अएको सामान्य शिक्षा लिएर सहर पस्ने, तर त्यहाँ आकांक्षा, आवश्यकता पूरा नभएपछि देश छाडेर खाडी देशमा जाने अनि डर्टी, डिफिकल्ट र डेञ्जर काम गर्ने गरेको उल्लेख गरे। तर त्यही जनशक्तिले मुलुकमा रेमिट्यान्स पठाउने र त्यसैले देश चल्ने गरेको उनको भनाइ थियो।

वरिष्ठ पत्रकार परशुराम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्की, संविधानसभा सदश्य कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी, पूर्वराज्यमन्त्री कञ्चनचन्द्रवादे श्रेष्ठ, संविधानसभा सदस्य तीर्थबहादुर लामा, डा.बलराम तिमल्सिनालगायतले सम्बोधन गरेका थिए।

साउन ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्