विद्यालयमा आइसिटी ल्याब स्थापनाले कम्प्युटर शिक्षा अध्ययन गर्न सहज

सिमकोट। सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयमा आइसिटी ल्याब स्थापना भएको छ। सो ल्याब स्थापना हुँदा शिक्षक तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा पठनपाठनमा सहज भएको हो।

कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आइसिटी ल्याबमा नयाँ कम्प्युटर जडान भएपछि सबै विद्यार्थीले आ–आफ्नो कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज भएको जानकारी दिए।

उनले पहिले कम्प्युटर संख्या कम हुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको भन्दैै अब त्यो समस्या समधान भएको बताए।

कम्प्युटर चलाउन पालो कुुर्नुपरेको स्मरण गर्दै उनले अब भने विद्यार्थीपिच्छे कम्प्युटरको व्यवस्था भएको बताए।
प्रधानाध्यापक कैलाश रोकायाका अनुुसार राष्ट्र शैक्षिक सुधार कार्यक्रमबाट परेको बजेटले आइसिटी ल्याब स्थापना भएपछि कम्प्युटर शिक्षा पठनपाठनमा निकै सहयोगी भएको हो।

यसअघि स्थापना भएको उक्त ल्याबका लागि कम्प्युटर थान कम भएकाले विद्यार्थीलाई दिनको पालोअनुुसार कम्प्युटर शिक्षा पठनपाठन गराउँदै आएकामा ०७८।७९ मा परेको सो कार्यक्रमबाट कम्प्युटर खरिद गरेर जडान गरिँदा उक्त संख्या थपिएपछि अब सहज भएको छ।

कम्प्युुटर शिक्षा कक्षा आठमा मात्र पठनपाठन हुने गरेको छ। एउटा ठूलो कक्षामा २४ वटा कम्प्युटर जडान गरेर कक्षा सञ्चालन भइरहेको छ। कक्षा आठका साथै कक्षा चारदेखि दशसम्मका विद्यार्थीले पनि यो शिक्षा अध्ययन गरिरहेका छन्।

यसबाट शिक्षक र विद्यार्थी दुुवैलाई उक्त शिक्षा पठनपाठनमा सहज भएको छ। उक्त कार्यक्रमबाट बालमन्दिर माविलाई साढे ६ लाखको बजेट परेको थियो। सो बजेटबाट विद्यालयले कम्प्युटर र फर्निचर खरिद गरेको थियो।

साउन १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्