कर्पोरेट ब्रान्डको दुनियाँमा गिरीका २ दशक

काठमाडौँ– मिडियाको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका मेघेन्द्र प्रकाश गिरी कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल मानिन्छन। एनआईसी एशिया बैंक तथा नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्डिङमा पनि उनको भूमिका अविस्मरणीय छ। हाल सूर्य लाइफ इन्स्योरेन्समा कार्यरत गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन्।

बर्दियामा जन्मिएका गिरी सानैदेखि पढाइमा अब्बल थिए। २०४९ सालमा गिरीले आइकममा क्यामपस टप गरे। नेपालगञ्जको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक(बिकम) पूरा गरेका उनले स्नातकोत्तरका लागि भने काठमाडौंको शंकरदेवमा भर्ना भई एमबीए पुरा गरे।

करिअरको दौरानमा उनले नेपाल टोबाको कम्पनीमा मार्केटिङ तथा सञ्चार अधिकृतको जिम्मेवारी सहित काम सुरु गरे। यसैबीच उनले नेपाल टोवाको छाडेर एसियन पेन्ट्समा जाने निर्णय गरे।तर त्यहाँ काम सुरु गरेको तीन महिनामै काम छोडे।

यस्तै टेलिभिजनमा काम गर्ने रहर पनि उनले कान्तिपुर टेलिभिजनबाट पुरा गरे। कान्तिपुरमा मार्केटिङको काम गर्दै गर्दा उनको क्रियटिभिटी देखिने गरि नयाँ कन्सेप्टका साथ ‘प्रोग्राम प्रोडुसर’ तथा ‘प्रिजेन्टर’को रुपमा समेत आवद्ध हुन सुझाब पाउँथे गिरिले।

लगत्तै एनआईसी एशिया बैँकको ब्राण्ड म्यानेजर पदमा अफर आयो उनलाई र त्यहीँ काम सुरु गरे। एनआईसी एशिया बैँकको क्याम्पियनका लागि उनले धेरै काम गरे जसका कारण उनलाई अन्य कम्पनीहरूबाट अफर आउन थाल्यो।

आएका अफरमध्ये नेपाल लाइफको अफरले गिरीलाई आकर्षित गर्यो। र, उनले त्यहीँ काम गरे करिब ४० महिना।

विगत ३ महिना देखि भने उनी सूर्य लाइफ इन्स्योरेन्समा डिजिटल मार्केटि‍ङ र पीआरको प्रमुखका रुपमा कार्यरत छन्। यसै सिलसिलामा हामीले गिरीसँग कर्पोरेट ब्रान्डिङ र मार्केटिङबारे कुराकानी गरेका छौँः

१) ब्रान्डिङ र मार्केटिङमा के कस्ता भिन्नता छन्?

–ब्रान्डिङ र मार्केटिङमा २ वटा भिन्नता छ। ब्रान्डिङ रिफर्स टु लोयल्टी, ब्रान्डले एउटा पर्सेप्सन क्रिएट गर्छ। ब्रान्डको इमाजिनेसन ब्रान्डिङले गर्छ। मार्केटिङ चाहिँ सेल्सको पक्ष हो। मार्केटिङ एउटा मानवीय गतिविधि हो। सेल्सलाई बढाउन जति पनि गतिविधिहरु गरिन्छ, त्यसलाई मार्केटिङ भनिन्छ।

ब्रान्डिङ भन्नेबित्तिकै यसले पुल स्ट्राटेजीको काम गर्छ। ग्राहकलाई उत्पादनप्रति आकर्षण गर्ने काम ब्रान्डिङले गर्छ। तर मार्केटिङले पुस स्ट्राटेजीको काम गर्छ। ब्रान्डिङ एउटा पाटो भयो भने मार्केटिङ ब्रोड छ। मार्केटिङ भित्र पीआर, त्यसभित्र ब्रान्डिङ, धेरै चिज लुकेको छ। उदाहरणका लागि हामी लिन सक्छौँ–सुट, टाई, पकेट स्क्वायर, नाडी घडी, जुत्ता, हिड्ने शैली, कपालको शैली, मानिसको लुक्स र अत्तर सबै ब्रान्डिङको बारेमा हो र उसको गतिविधि, शिक्षा, बोल्ने शैली, व्यवहार, सीप सबै मार्केटिङको बारेमा हो।

२)कुनै पनि संस्थाको प्रोडक्ट आफैँमा दमदार, गहकिलो र प्रख्यात छ भने ब्रान्ड या मार्केटिङको आवश्यकता पर्छ या पर्दैन?

–पहिलेको परम्परागत सोचाइ थियो कि ‘प्रोडक्ट इटसेल्फ क्रियट इट्स ओन डिमान्ड।’ उत्पादन गर्नुस्, आफैँ बिक्री हुन्छ, डिमान्ड गर्नुस्, आफैँ मार्केट खोज्छ भन्ने थियो। विज्ञापन गर्नु पर्दैैनथ्यो।
तर त्यो टिकाउ भएन लामो समयसम्म। यदि लङ रनमा त्यसलाई स्थापित गर्नु छ भने नम्बर वान ब्रान्ड नै किन नहोस् ब्रान्डिङ र मार्केटिङ गर्नुपर्ने देखिएको छ अहिलेको अवस्थामा। यो कुराहरु सामानमा मात्र भन्दिन म, राजनीतिमा पनि जरुरी भइसक्यो। बाराक ओबामाले ‘वी क्यान चेन्ज’ भनेर क्याम्पेन नै गरे। मोदीले पनि ‘अब कि बार मोदी सरकार’ भनेर क्याम्पेन गरे। नेपालमा पनि बालेनको क्याम्पेन हेर्नुस्।

बालेनले केही महिनाअघिदेखि नै क्याम्पेन सुरुवात गरे जुन जरुरी थियो। जब राजनीतिमा पनि यो सब जरुरी छ भने त कम्पनीहरुमा त झन धेरै जरुरी छ।

३)अहिले र पहिलेको मार्केटिङ स्ट्राटेजीमा के फरक छ?

–अहिलेको शताब्दीमा विशेषगरी डिजिटल प्लेटफर्ममा फोकस गरिएको हुन्छ। पहिले जस्तो प्रिन्ट मिडियम, टीभीमा जानुपर्छ भन्दा पनि सानो पैसाले पनि कम्युनिकेसनको माध्ययमबाट हामी कम्पनीको म्यासेज अडियन्समा पुर्‍याउन सक्छौँ। कम्पनीले हामीलाई मोनिटर गरिरा’ हुन्छ र हामी पनि त्यही अनुसार चलिरा’ हुन्छौँ। कुनै पनि प्रोडक्टको बारेमा ग्राहकले पहिले नै थाहा पाएको छ भने निकै नै सजिलो हुन्छ। तपाईँले भनेजस्तै संस्थाको वनरशीपले, संस्थाको म्यानेजमेन्टले यो ब्रान्डलाई राम्रोसँग हेरिराको छ कि छैन, चाहिन्छ भन्ने फिल गर्‍या छ कि छैन यी कुराहरु विचार गर्नुपर्ने हुन्छ। बिजनेस भनेको आज कि भोलिको कुरा होइन, यो लङ रन प्रोसेस हो।

४) अन्तर्राष्ट्रिय र नेपाली बजारमा के कस्तो भिन्नता पाउनुहुन्छ?
–एसियन देशहरुमा टिभीको समय अब गएको हो भन्ने आम मानिसहरुको सोचाइ छ। तर अझै पनि हाम्रा आमाहरु, श्रीमतीहरु, घर बसेर टेलिसिरियल हेर्ने, कमेडी तथा रियालिटी शोहरु हेर्ने, हाम्रो बुवाहरु विहान उठेर गार्डेनमा बसेर पत्रिकाहरु पढ्ने गर्नुहुन्छ। अब आउने जेनेरशनमा चाहिँ विस्तारै चेन्ज हुँदै छ। कम्युनिकेशनको च्यानल चेन्ज हुँदै छ।

मार्केटिङ र ब्रान्डिङमा ग्लोबल ट्रेन्डचाहिँ चेन्ज नै भएको छ।अहिले तपाईले संसारको कुनै घरको एउटा कुनामा बसेर या भनौँ- सल्यानको एउटा टाकुरामा बसेर मोबाइलको माध्यमबाट सामान किन्न सक्नुहुन्छ। पहिले त्यहाँबाट १० दिन लाएर आइपुग्नु पर्थ्यो इभन एउटा नुन किन्नलाई। तर अहिले त धेरै नै चेन्ज भइसक्यो, एउटा ल्यापटप, मोबाइल घरबाटै किन्न सकिन्छ। लाइफ इन्स्योरेन्स पनि डिजिटल्ली तपाईले जहाँबाट पनि किन्न सक्नु हुन्छ। कागजपत्र, डकुमेन्टहरु अगाडि बढाउँदा कागजको लागि हामीले सिस्टम बनाएका छौँ। तर प्रोसेसचाहिँ चेन्ज भइसक्यो। इभन उपभोक्ताको कस्टमर प्वाइन्ट अफ भ्युबाट पनि चेन्ज भइसक्यो र ब्रान्डिङको ग्लोबल भ्युबाट पनि चेन्ज भइराछ। अहिले टिकटक युट्युब, गुगल एडमा जति पनि कम्पनीहरु देख्नु हुन्छ त्यो ट्रेन्ड छ, हामी पनि डिजिटल स्ट्राटेजीमा नै फोकस गरिराछौँ मेन। अनलाइन पार्टलहरु नेपालमा देख्नुहुन्छ, कुनै पनि प्रोडक्टको भिजिविलिटीको लागि पनि अनलाइन थ्रू, सोसल मिडियाको प्लेटफर्म थ्रु विभिन्न किसिमको प्रोडक्ट, रिलेटेड प्रोडक्टहरुले आफ्नो ब्रान्डिङ गरिराछन्। ग्लोबल ट्रेन्डमा हेर्नु हुन्छ भने टेलिभिजनमा एड हेर्न मानिसलाई फुर्सद छैन। रेडियोमा सुन्ने फुर्सद छैन, रेडियोमा एड सुन्ने फुर्सद छ तर ड्राइभ गर्दाखेरिमात्र।

५) लगानीकर्ताको आफ्नो व्यवसायमा ब्रान्ड र मार्केटिङप्रतिको बुझाइ कस्तो हुनुपर्दछ?
–एउटा गाडीको विज्ञापन पत्रिकामा देखिनु र डिजिटल्ली टीभीमा तथा युट्युबमा देखिनुमा धेरै फरक छ। प्रोडक्ट अनुसार राइट च्यानल, राइट टाइममा,राइट मिडियममा र क्रियटिभ म्यासेज डिजाइन गर्न सक्यो भनेचाहिँ त्यो इफेक्टिभ हुन्छ। त्यो इफेक्टिभ कसरी हुन्छ भन्दा विज्ञापनमा पनि सोच हुन्छ। तपाईँको सोच, मेरो सोच,अरु कसैको सोच, कस्टुमर अनुसार भिन्न सोचाइ हुन्छ। कनजुमर विहेभियर मान्छे अनुसार फरक हुन्छ। त्यही मान्छेलाई त्यही प्रोडक्ट मन नपर्न सक्छ, कस्टमर अनुसारको स्ट्राटेजी फरक पर्छ। कनजुमर विहेभियर फरक पर्न सक्छ। कुन प्रोडक्टले कसको ब्रेनमा कसरी प्रभाव पार्‍या छ, इट्स अल अबाउट ब्रान्ड्रिङ एक्टिभिटी। जस्तै लगानीकर्ताले इन्स्योरेन्स भन्नेबित्तिकै ‘सूर्य लाईफ’को इमेज बसाउन सक्यो भने उसले जितेको ठहरिन्छ।

६)ब्रान्ड र मार्केटिङ ‘डिपार्ट’ कुनैपनि कर्पोरेट हाउसमा कम प्राथमिकतामा पर्छन भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ?
–पहिले थिएन तर अब विस्तारै चेन्ज भएको छ। धेरै जसोले यो डिपार्ट भनेको खर्च गर्ने डिपार्ट हो भनेर सोच्नुहुन्छ। मार्केटिङले बिजनेस ल्याउँछ, ब्रान्डिङले कुनै पनि प्रोडक्टलाई उपभोक्ताको पुग्न सजिलो बनाइदिन्छ।
या त टिभीमा देखेर हुन्छ, या त डिजिटल प्लेटफर्ममा देखेर हुन्छ, बाटोमा हिँड्दा देखिरा होला। त्यो ब्रान्डलाई हरेक ठाउँमा कनेक्ट हुँदै गर्दा मार्केटिङ टिम, सेल्स च्यानललाई सजिलो हुन्छ।

७)ब्रान्ड र मार्केटिङबारे थप ?
–कम्पनीको बस्तु तथा सेवा बिक्रीको हतियारका रुपमा प्रयोग मार्केटिङको प्रयोग गरिन्छ भने ब्राण्डिङले भने कम्पनीलाई नै हरेकको मन मस्तिष्कमा बसाउन भुमिका निर्वाह गरेको हुन्छ।
ब्राण्डिङले तत्काल भन्दा पनि दीर्घकालिन रुपमा बजारमा टिकाउन मद्दत गर्ने भएकाले यो सबैभन्दा ठुलो हतियार हो।

साउन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्