राष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती योजना’ सार्वजनिक

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘फुल डबल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।

ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनैपनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर (Full Double) रकम भुक्तानी गर्नेछ।

यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शतप्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन्।

त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुटलगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने छ। देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने छ।

बैंकको हाल ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ।

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्