काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ।

पार्टी महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विरोधमा मसाल जुलुस निकालिएको हो। प्रदर्शनमा सहभागीहरुले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो।

आजै नेकपाका प्रवक्ता विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका थिए।