एसियाली देशको भ्रमणमा जाँदै संयुक्त राष्ट्रसंघका महासचिव

फाइल तस्बिर।

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरूको भ्रमणमा जान लागेकाे उनका प्रवक्ताले बताएका छन्।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मंगालिया र दक्षिण कोरियाको भ्रमणमा जान ला‍गेका हुन्।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्ने छन्। जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन्।

त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्। जापानपछि उनी मंगाेलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानेछन्।

साउन १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्