मतदाता नामावली संकलन आजबाट स्थगित

फाइल तस्बिर।

काठमाडौँ – आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ।

सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि)समम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्