धर्मेन्द्र वास्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। नेकपा एकता नेत्र विक्रम चन्द(विप्लव)बाट छुट्टिएको पार्टी हो।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीच भएको बार्तापछि एक हुने सहमति गरेका हुन्।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ।

बैद्य र बास्तोलाले संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चनले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्