तोलामा ७ सयले बढ्यो सुनको मूल्य

सांकेतिक तस्बिर।

काठमाडौँ – सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्