हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत

फाइल तस्बिर।

काठमाडौँ – हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ।

शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ। जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ।

एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्