जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ – काठमाडौँ महानगरपालिका-४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जना छन्। उनहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने अर्जुनप्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्