सर्वसत्तावादविरुद्ध उत्रिए कमल थापा

कमल थापा। फाइल तस्बिर।

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद अन्त्य गर्न जनता पार्टीको सेवक नभइ स्वाभिमानी र मालिक बन्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तनको अन्त्य हुनु पर्ने भन्दै सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको २०७९ मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन्।

अध्यक्ष थापाले यो चुनावमा यी सवैको अन्त्यको लागि जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्ने बताए।

अध्यक्ष थापाले सामाजिक संजालमा लेखेका छन्,‘२०७९ मंसिर ४ को चुनावले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तन, सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरूको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ।’

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्